कर्मारिञ्जी शेर्पा, चैत्र १७ – शेर्पाहरुको भाषा धर्म र कलको संरक्ष गर्ने उद्धेश्यले स्थानिय पर्व डुम्जीको अवसारमा परम पुज्य धर्मगुरु टुल्कु पेमा थर्छेन रिन्पोछे ज्युको प्रमुख अतिथित्वमा भकाञ्जे युवा क्लब द्धारा अयोजित स्याप्टुक नृत्य प्रतियोगित अजा सम्पन्न भएको छ । पिके सिृजन शिल युवा क्लब गोली,भकाञ्जे युवा क्लब भकाञ्जे,रातोतारा युवा क्लब गुम्देल र नव बम्तीभण्डार युवा क्लब बम्तीभण्डार सहित ४ टिमको सहभगिता भएको उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाको प्रमुख एवंम प्रतिनिधि,बुद्धिजीवी,सामाज सेवी,सुरक्षकर्मी,पत्रकार ,कलकार सहित सोलुखुम्बु र रामेछापबसीहरुको उपस्थित थियो । सो प्रतियोगितामा पिके सिृजन शिल युवा क्लब गोली प्रथम,रातोतारा युवा क्लब गुम्देल द्धितिय, नव बम्तीभण्डार बहुउद्धेश्य सहकारी संस्था बम्तीभण्डार तिृतिय र भकाञ्जे युवा क्लब भकाञ्जे सन्तोवन स्थान हसिल गर्न सफल भएको छ । उत्कृष्ट हुने टिमहरुलाई क्रमश १८ हजार,१२ हजार,९ हजार र २ हजार साथमा प्रथमलाई सिल,प्रमाण पत्र तथा अन्यलाई प्रमाण पत्र प्रदन गरिएको थियो । कार्याक्रममा परम् पुज्य धर्मगुरु टुल्कु पेमा थर्छेन रिन्पोछे ज्युले बोल्नु हुदै शेर्पा सामुदयले सधै अफ्नो भाष धर्म संस्कृतिको संरक्ष गर्नु पर्ने बताउनु भयो । कार्याक्रममा क्लबलाई अर्थिक तथा बैद्धिक रुपमा सहयोग गर्ने हरुलाई सम्मान पनि गर्नु भएको थियो । क्लबको अध्यक्षले कार्याक्रम समपान गर्दै शेर्पाहरुको धर्म कलको संरक्ष गर्न पहिलो पटक यस्तो प्रतियोगिता अयोजन गरिएको र अगमी दिनहरुमा पनि स्रोत र साधानले साथ दिएमा पुन थप व्यवस्थित बनाउदै लैजाने बताउनु भयो । सो कार्याक्रम प्रयोजनको लागि पुलछिरि शेर्पाले नगद ४० हजार अर्थिक सहयोग गर्नु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित