नेपालमा पटकपटक वामपन्थीबीच एकताको कुरा चले पनि त्यो असम्भव जस्तो देखिने लामो समय कम्युनिस्ट राजनीतिमा संलग्न भएकाहरू बताउँछन्।

अहिलेको पछिल्लो सत्ता गठबन्धन बन्नु अघिसम्म प्रचण्डले ‘समाजवादी मोर्चा’ गठनको पहल गरेका थिए।उक्त मोर्चामा माओवादीसहित त्यसबेला सत्तामा रहेका वाम दलहरू र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसमेत उक्त मोर्चाको हिस्सा बन्ने भनिएको थियो।

तर सत्ता गठबन्धन परिवर्तनसँगै फेरि प्रचण्डले एमालेलाई समेटेर ‘वामपन्थी सहकार्य’मा जोड दिन थालेको देखिएको छ।अहिले आफू कुनै पनि दलमा आबद्ध नभएकाले स्वतन्त्र रहेको बताउने एकजना पुराना कम्युनिस्ट नेता राधाकृष्ण मैनाली भन्छन्, “कम्युनिस्टहरू एक हुन नसक्नुको मुख्य कारण नै निजी स्वार्थ हाबी हुनु हो।”

“निजी स्वार्थ नेताहरूमा यति धेरै आयो कि प्रधानमन्त्रीमा पुगेपछि पैसा कमाइने, पैसा कमाएपछि फेरि चुनाव जितिने भएकाले चुनावदेखि चुनाव र प्रधानमन्त्रीदेखि प्रधानमन्त्री सम्मको सोचले वामहरू एक हुन नसकेका हुन्।”उनका भनाइमा नेपालका कम्युनिस्ट दल तथा समूहरूमा “लोकतान्त्रिक परिपाटी” तथा “दलभित्र एकअर्काको मतलाई सम्मान गर्ने प्रवृत्ति” नभएकाले सहकार्यको “रटान” पूरा नभएको हो।

पूर्व माओवादी नेतासमेत रहेका प्राध्यापक ऋषिराज बराल चाहिँ नेपालमा कम्युनिस्टहरूले आफूलाई कम्युनिस्ट भने पनि विचार छाडेको बताउँछन्।उनी भन्छन्, “विचार छाडेर हिँडेपछि उनीहरूबीच व्यक्तिगत स्वार्थ हाबी भएको छ। त्यसले गर्दा कोही पनि एकैस्थानमा उभिनसक्ने वा बाटोमा लाग्ने अवस्था देखिँदैन।”

 

Source-@bbcnepali

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय