दोलखा – जिल्लाको जिरी नगरपालिकामा जिरी कुन्सल थोन्ड्रोलिङ गुम्बाको मुर्ती चोरी भएको छ ।

जिरी नगरपालिका -५ स्थित जिरी कुन्सल थोन्ड्रोलिङ गुम्बाको मुर्ती मंगलबार बिहान चोरी भएको हो । १० दिन अघि मात्रै उक्त गुम्बाको चंदा बक्स र झाम्टा चोरी भएको थियो ।

अज्ञात समुहले गुम्बाको ताला तोडफोड गरि गुम्बा भित्रका मुख्य मुर्ती चोरी गरेको गुम्बाका शिक्षक ट्ल्कुजिग्मे सम्तेनले बताए । गुम्बाको मुर्ति चोरी हुन साथ ईलाका प्रहरी कार्यालय जिरीलाई जानकारी गराएको थियो ।

घटनाबारे जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय जिरीका प्रहरी टोली घटना स्थलमा पुगेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय