अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएकोछ ।

माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो ।

उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा बनाएका छन् ।

उनले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय