
इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका प्रतिभाहरू पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शोहरू ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो सिजन घोषणा गरेको छ।
हिजो टोकियोमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका महासचिव गोपाल धितालले जुम मार्फत जानकारी गराएका हुन्।
यस सिजनका लागि दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियारलगायतका चर्चित कलाकारहरू निर्णायकको भूमिकामा रहनेछन्। त्यस्तै, मिथिला शर्मा, दीलिप रायमाझी, शिल्पा मास्केलगायतका कलाकारहरूले डान्स युनिभर्समा निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
विश्वका विभिन्न देशहरूमा अडिसन हुने यी शोहरूका विजेताले १ करोड रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। अडिसनका लागि फाउण्डेशनको वेबसाइट www.intrafoundations.org मा आवेदन दिन सकिनेछ।
सोलमारी मुरा हल‚ टोकियोमा हिजो सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी, प्रेस चौतारी नेपाल केन्द्रका महासचिव तथा अन्नपूर्ण टेलिभिजनका निर्देशक राजु सुवेदी, अन्नपूर्ण टेलिभिजनका प्रोप्राइटर सरिता खड्का, पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, गैरआवासीय नेपाली संघ – एनआरएन आईसीसीका वर्तमान सल्लाहकार पूर्व आईसीसी सदस्य, उपमहासचिव ओम गुरुङ, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शिवप्रसाद पौडेल, साहित्यकार कलाकारहरु र जापानमा कृयाशिल नेपाली पत्रकारहरु को उपस्थिति रहेको थियो ।
सूर्य खड्काको संयोजक भएको पत्रकार सम्मेलनमा बिष्णु सुबेदीले कार्यक्रमको सहजीकरण गरेका थिए भने कार्यक्रम संचालन रविन शर्माले गरेका थिए ।