जापानको नागानो केनमा बसोबास गर्ने नेपाली व्यवसायी नन्दराज रेग्मीले जापानमा नेपाली संस्कृति र उदारताको झलक देखाउँदै आएका छन्। आफ्नो इन्डियन नेपाली रेष्टुरेन्ट “साथी ” मार्फत उनले विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा नेपाली चियाको माध्यमबाट नेपाली संस्कृतिलाई चिनाउँदै आएका छन्।

सन् २०१६ देखि नै ओमाची शहरका विभिन्न कार्यक्रमहरूमा रेग्मीले निःशुल्क नेपाली चिया वितरण गर्दै आएका छन्। सन् २०१७ मा नर्थन आल्प्स अन्तर्राष्ट्रिय कला महोत्सवमा स्वयंसेवकको रूपमा सक्रिय रहँदै उनले महोत्सव स्थलमा आफ्नो रेस्टुरेन्टबाट ल्याएको विशेष मसला चिया कर्मचारीहरूलाई खुवाएर उनीहरूलाई ऊर्जा प्रदान गरर्दै आइरहेका छन्। यसले गर्दा महोत्सवमा सहभागीहरूले नेपाली चियाको अनौठो स्वाद मात्रै चाख्न पाएनन्, नेपाली संस्कृतिको न्यानोपनपनि महसुस गरेका थिए ।

रेग्मीले विगतका वर्षहरूमा ओमाची शहरको प्रसिद्ध ठाउँहरूमा रेस्टुरेन्टले आयोजना गरेको फूल महोत्सवमा जापानी आगन्तुकहरूलाई हातैले बनाएका नेपाली परिकारहरूको स्वाद चखाएका थिए । । यसले नेपाली संस्कृति र स्वादलाई विश्वव्यापीकरण गर्ने प्रयास गरेको थियो। महोत्सवमा नेपाललाई सहयोग गर्न चन्दा बाकस पनि राखिएको थियो। रेस्टुरेन्टले त्यतिखेर भूकम्प पीडितहरूलाई राहत पुर्‍याउन र विद्यालय निर्माण गर्न यसबाट प्राप्त रकम सहयोग गरेको बताए।

समाजसेवामा अग्रसर

सन् २००८ मा जापान आएका नन्दराज रेग्मीले सन् सन १९८४देखि सन २००८ सालसम्म भारतमा काम गर्दै आएका थिए। नेपालमा गएका विभिन्न विपत्तिहरूमा जस्तै सिन्धुपाल्चोकको भूकम्पमा उनी सधैँ सहयोगी हात फैलाउन तत्पर रहन्थे। सन् २०१८ मा हिरोशिमामा आएको बाढीमा दुई दिनसम्म राहत सामग्री वितरण गरेका थिए। त्यस्तै, सन् २०१९ मा नागानोमा गएको बाढीमा पनि उनी स्वयं गएर ७ दिनसम्म पीडितहरूलाई सहयोग गरेका थिए।

सन् २०२२ मा नागानोमा बसोबास गर्ने जापानी र नेपालीहरूलाई सम्मान गर्ने एक कार्यक्रममा आयोजकको रूपमा सक्रिय भूमिका खेलेका थिए। सन् २०२४ मा इसिकावामा गएको भूकम्पमा पनि उनले आफ्नो रेस्टुरेन्टको एक दिनको बिक्री रकम सहयोग गरेका थिए।

नागानो केनको नेपाली समाजका अध्यक्ष, गल्कोट समाज जापानका केन्द्रीय सदस्य, सल्लाहकार र एनआरएनए नागानो केनका संयोजकसमेत भएर उनीले जापानमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने काममा अहम भूमिका खेलेका छन्।


नेपाल र जापानबीचको सम्बन्ध प्रगाढ बनाउने प्रयास

जापानी पत्रिकामा रेग्मीको योगदानबारे सम्प्रेषिण समाचार

नागानो केनको ओमाची शहरमा बसेर उनीले सिटीले आयोजना गरेका विभिन्न कार्यक्रममा नेपाली चिया पिलाएर नेपाल र नेपाली संस्कृतिको प्रचारप्रसार गर्दै आएका छन्। सन् २०१६ देखि सन् २०१७ सम्म र हालै सम्पन्न नर्थन आर्ट फेस्टिवलमा पनि उनीले यस्तै कार्यक्रम गरेका थिए।

नन्दराज रेग्मी गल्कोट, चरौदीका बासिन्दा हुन्। उनी जापानलाई आफ्नो कर्मथलो बनाए पनि आफ्नो जन्मथलो नेपाललाई कहिल्यै बिर्सिएका छैनन्। देव छाया फाउन्डेसनका संस्थापक भएर उनी नेपालका गरिब, असहाय र वृद्धवृद्धालाई सहयोग गर्दै आएका छन्।उनी बिगत लामो समयदेखि सपरिवार जापानमा बस्दै आइरहेका छन । बिभिन्न जापानी मिडियाहरुले रेग्मीको योगदानबारे समाचार सम्प्रेषण गर्न थालिएपछि  नेपाली समुदायमा मात्र नभइ मार्फत जापानी समुदायमा पनि उनी  परिचित छन ।

नन्दराज रेग्मी जस्ता नेपालीहरूले जापानमा बसेर नेपाली संस्कृति र उदारताको प्रचारप्रसार गरेका छन्।  यो प्रयासले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको छ। रेग्मीको उदाहरणले हामी जहाँ भए पनि आफ्नो देश र संस्कृतिप्रति समर्पित रहन सक्छौं भन्नेकुरामा प्रेरित गरेको छ ।

यो सामग्री कुराकानी र जापानी अनलाइनहरुको सहयोगमा तयार पारिएको हो ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय