
नयाँ बर्ष २०८१ सालको पावन अवसरमा गोर्खा ब्रोदर्स द्वारा शुभकामना आदान-प्रदान, सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
जापानका विभिन्न शहरहरु क्योतो, ओसाका, कोबे, नारा, सिगामा बस्दै आउनुभएका नेपाली समुदायहरुलाई लक्षित गर्दै क्योतो ब्रोदर्सले क्योतो शहरमा पहिलोपटक यस्तो प्रकारको इभेन्ट गर्न लागेको हो। कार्यक्रमलाई व्यवस्थित र मर्यदित तरिकाले सम्पन्न गर्न सुरक्षामापनि विशेष ध्यान दिएको समेत कार्यक्रमका संयोजक भविन्द्र कुलुङ राईले जानकारी दिनुभएको छ, साथै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थिति जनाएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिन अपिल समेत गर्नुभएको छ ।
जापानका विभिन्न शहरहरुबाट म्युजिकल ब्यान्ड, सोलो डान्स र कल्चरल डान्स लगायतका विभिन्न विधामा प्रस्तुती रहनेछ। यसरी क्योतो मानै पहिलो पटक हुन लागिरहेको यो इभेन्टलाई सफल बनाउन विभिन्न संघसस्थाहरुको समेत सहयोग रहने भएको छ। मुख्य प्रायोजक नमस्ते रेस्टुरेन्ट फुसिमी क्योतो, त्यसैगरेर सह-प्रायोजकमा सिन्धु एजुकेशन फोउन्डेसन गोंगोबु काठमाडौ, गोर्खा दरबार रेस्टुरेन्ट सेन्बोन क्योतो, सोराई रेस्टुरेन्ट साइन क्योतो, दोकोमो सप कावारामची मारुतामाची, दिपज्योती रेस्ट्रोरान्ट लगायतका विभिन्न सस्थाहरु रहनेछ।
क्योतोमा नै पहिलोपटक यसरी हुन लागिरहेको नेपाली नयाँ वर्षको यो इभेन्टलाई सभ्य अनि भव्य तरिकाले सफल बनाउन कार्यकमा संयोजकबाट सम्पूर्ण जापानवासी नेपालीहरुमा उपस्थितकोलागि हार्दिक अनुरोध समेत गर्नुभएको छ।
कार्यक्रम हुने मिति: Friday 12 April, 2024 (चैत्र -३० )
समय: 18:00 PM
स्थान: KBS Hall, Kyoto