म्हेन्दो लामा/ओकिनावा

तीज  नजिकिँदै गर्दा जापानमा बिभिन्न संघ संस्थाले तीज सम्बन्धि कार्यक्रम गर्ने लहर पनि सुरु भएको छ । जापानमा रहेका बिभिन्न प्रवासी सामाजिक संघ संस्थाले सप्ताहन्तको सदुपयोग गर्दै विभिन्न मनोरञ्जनात्मक तथा भेटघाट कार्यक्रम पनि गर्ने गरेका छन् ।

तीजकै अवसर पारेर गैर आवासीय नेपाली संघ जापानको ओकिनावा क्षेत्रिय समितिले पनि कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम यही अगष्ट २४ तारिख आईतबारका दिन नाहा सहरमा हुने भएको हो ।

संस्थाले ओकिनावा स्थित बसोवास गर्ने सम्पुर्ण महिलाहरुलाई लक्षित गर्दै तीज बिशेष बिबिध सांस्कृतिक कार्यक्रमसहित भेटघाट तथा दर खुवाउने कार्यक्रम गरेको हो । तीज बिशेष कार्यक्रम मनोरञ्जन मात्र नभई नेपालि संस्कार र संस्तृकिको संरक्षण र सम्वर्धन हुने एनआरएनए ओकिनावा क्षेत्रिय समितिका अध्यक्ष सुवास गुरूङले जानकारि दिएका छन् ।

त्यस्तै गरि कार्यक्रमले नेपालि भाषि महिला दिदिबहिनिहरूमा एकता, सद्भाव र पारस्परिक भावनाको उजागर ल्याउने एनआरएनए ओकिनावा क्षेत्रिय समितिका महिला उपाध्यक्ष म्हेन्दो तामाङले बताएका छन् ।

तीज बिशेष कार्यक्रममा करिब ३०० को हाराहारीमा महिला दिदिबहिनीहरुको उपस्थिती रहन सक्ने अनुमान गरिएको ओकिनावा क्षेत्रिय समितिका कोषाध्यक्ष मनोज शाहले बताएका छन् ।कार्यक्रममा सहभागी हुने महिला दिदिबहिनीलाई कुनै शुल्क नलाग्ने ब्यबस्था गरिएको पनि शाहले बताएका छन् । कोषाध्यक्ष शाहका अनुसार कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च एनआरएनए ओकिनावा क्षेत्रिय समितिले ब्यहोर्ने भएको बताएका छन् ।

कार्यक्रम नाहा सहर स्थित ऱ्योऊतेई नाहा (ryotei naha) को हलमा सम्पन्न हुन गईरहेको छ । कार्यक्रम साँझ करिब ६ बजेबाट साँझ १० बजेसम्म हुने ओकिनावा क्षेत्रिय समितिका सचिव नवराज पुन नगरले जानकारी दिएका छन् ।

ओकिनावा स्थित स्थानिय कलाकारहरू मार्फत हुने सांगितिक तथा सांस्कृतिक कार्यक्रम एनआरएनए ओकिनावा क्षेत्रिय समितिका अध्यक्ष सुवास गुरुङको  नेतृत्वमा हुने भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय