प्रेस सेन्टर नेपालको सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको ७ औं अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशनबाट अशोक पराजुली अध्यक्षमा निर्वाचित हुनुभएको छ।

नवनियुक्त अध्यक्ष पराजुलीसहित १५ सदस्यीय कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा दिलमाया खड्का र सालिगराम दुलाल, सचिवमा निर्मल बस्नेत, सह–सचिवमा युवराज गीरी र कल्पना श्रेष्ठ तथा कोषाध्यक्षमा केशव अधिकारी चयन हुनुभएको छ। यसैगरी, प्रेम लामा, मिलन तामाङ, रामकृष्ण पराजुली, सुवास अर्याल, अर्जुन विक र निरुता श्रेष्ठ सदस्यमा चयन हुनुभएको छ।

नयाँ कार्यसमितिलाई बधाई दिँदै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय