यही नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा आयोजना हुने नेपाल फेस्टिवल टोकियोमा क्युएस रेमिट र हिमालयन बैकलेपनि जापानबासी नेपालीहरुलाइ विशेष सेवा दिने भएको छ ।
क्युएस रेमिटले आफ्नो स्टल नम्बर ११ मा पुग्ने हरेक सेवाग्राहीलाई निःशुल्क नेपाली झण्डा स्टिकरसहितको पिउने पानी प्रदान गर्ने व्यवस्था गरेको छ। क्युएस रेमिटका भाइस म्यानेजर पवन कार्कीका अनुसार यसले नेपालीहरूलाई आफ्नो देशप्रतिको मायालाई प्रकट गर्ने अवसर प्रदान गर्नुका साथै क्युएस रेमिटको सेवाप्रति आकर्षित गर्ने उद्देश्य राखिएको छ।
हिमालयन बैंकले फेस्टिभलमा नेपालीहरूका लागि बैंक खाता खोल्ने सुविधा ल्याएको छ। बैंकका जापान प्रतिनिधि प्रकाश घिमिरेका अनुसार फेस्टिभल अवधिभर सजिलैसँग बैंक खाता खोल्न सकिनेछ। साथै, निःशुल्क मोबाइल बैंकिङ रेमिट कार्ड पनि बनाउन सकिनेछ। यसले जापानमा रहेका नेपालीहरूलाई आर्थिक कारोबार गर्न थप सहज बनाउने पनि बताउनुभयो ।
हिमालयन बैंकले क्यूएस रेमिटसँगको सहकार्यमार्फत जापानबाट पनि हालसालै आफ्नो सेवा सुरु गरी हजारौ नेपालीहरुलाइ बित्तिय सेवा सुबिधाहरु प्रदान गरिदै आइरहेको छ ।
उक्त सहकार्यपछि जापानमा भएका नेपालीहरूले अब क्यूएस रेमिटमार्फत सिधै हिमालयन बैंकको खातामा रकम जम्मा गर्न सक्छन् । जापानको सिनओकुबोस्थित रहेको क्यूएसको कार्यालयमा सम्पर्क गरी बैंकिङ सेवा लिन सकिने बैंकका जापान प्रतिनिधि घिमिरेले बताउनुभयो ।
खाता खोल्न तपाईंसँग निम्न कागजातहरू हुनुपर्छ ।
-राहदानी वा नेपाली नागरिकता प्रमाणपत्र
-पासपोर्ट साइजको फोटो
-रेसिडेन्स कार्ड (जापान) वा माइ नम्बर
-२,४मान येन जम्मा गर्नुपर्ने ।
-अन्तर्राष्ट्रिय रकम स्थानान्तरण