संसद्‌ अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको “निष्पक्ष भूमिका”माथि प्रश्न उठाउँदै विपक्षी दलहरूसँग ‘मोर्चाबन्दी’को प्रयास गरेको छ।

सहकारी संस्थाहरूको रकम अपचलनको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा सञ्चालनमा सभामुख “तटस्थ नदेखिएको” आरोप लगाएको हो।

कांग्रेसले संसद्‌को हिउँदे अधिवेशनदेखि नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको सहकारी ठगीका विषयमा संसदीय छानबिनको माग गर्दै सदनमा अवरोध गरिरहेको छ।

बिहीवार प्रतिनिधिसभाको बैठकमा सत्ताधारी सांसदहरूसँग धकेलाधकेलको अवस्था बनेपछि कांग्रेसले शुक्रवार विपक्षमा रहेका दलहरूको बैठक राखेर मोर्चाबन्दी गर्ने प्रयास गरेको देखिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय