रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. १४ का हर्क पुन जस्ता सयौं भूकम्प पीडित अझै पनि अस्थायी टहरामा बस्न बाध्य छन्। गत वर्षको कात्तिकमा गएको भूकम्पले घरबार गुमाएका उनीहरू एक वर्ष बितिसक्दा पनि सुरक्षित आवासबाट वञ्चित छन्।

भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसपछि टहरामा बसिरहेका भूकम्प पीडित परिवारहरू कठ्याङ्ग्रिदो जाडो र गर्मीमा पनि अस्थायी आवासमा बस्न बाध्य छन्। सरकारले भूकम्प पीडितलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान दिने घोषणा गरेको थियो। तर, उक्त रकम पूरा नदिएको भूकम्प पीडितको गुनासो छ।

सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीका अनुसार, सङ्घीय सरकारले पुनर्निर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्प पीडितको आवास निर्माणमा ढिलाइ भएको छ। जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्याङ्कअनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही रहेकामा ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन्। तर, पुनर्निर्माणको कार्यविधि नै तयार नभएकोले स्थायी बसोबासको टुङ्गो कहिले लाग्ने भन्ने अन्योल कायमै छ।
@ujaloonline

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय