सोलुखुम्बु भ्रमणमा आएका एक इटालियन नागरिकको मृत्यु भएका छन् । मृत्यु हुनेमा इटालीका ७४ वर्षीय पुरुष मार्टिन्नो बोऋन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) दिपक श्रेष्ठका अनुसार आइतबार बेलुका ७ बजे जिल्लाको माप्यदुधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खान लाइनमा बस्ने क्रममा एक्कासी ढलेका बोऋनको सोही स्थानमा ज्यान गएको हो ।
मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाण्डौ मार्फत सगरमाथा मावि वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडी मार्फत माप्य पुगेका थिए । आज सोमबार विद्यालयको घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

शवको कानुनी प्रक्रिया पुरा गरि हेलिकप्टर मार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय