काठमाडौं, असोज ३० । काग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण हुने भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजे एक समारोहका बीच पार्टी एकता हुने कंग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । लोकतान्त्रिक फोरम अध्यक्ष विजय गच्छदारसहितका नेताहरु कंग्रेसमा समायोजन हुन लागेका हुन् ।
लामो समयदेखि सुरु भएको एकताको प्रक्रिया आज टुंगिने भएको छ । नेपाल लोकतान्त्रिक फोरममा पछिल्लो चरणमा एकीकृत भएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका नेता शिवलाल थापासहितका नेताहरु भने कंग्रेसमा नजाने भएका छन् । गत चैतमा फोरम लोकतान्त्रिकसंग एकीकरण गरेको थरुहट तराई पार्टी समायोजनमा नजाने भएको छ । पार्टीका अध्यक्ष भानुराम थारुले/लोकतान्त्रिक फोरमले पार्टीको अस्तित्व नै मेटिने गरी एकीकरण गर्न लागेकाले आफुहरु एकतामा नजाने बताउनुभयो ।
यस्तै जनमुक्ति पार्टी लोकतान्त्रिक, दलित जनजाति पार्टी, नागरिक पार्टी, शान्ति पार्टीलगायतका अधिकांश नेता एकताको विपक्षमा छन् ।
श्रोत इकान्तिपुर