हिमाली सन्देश खिजिदेम्बा आगामी मंसिर 10 गते सप्पन्न हुन गाइरहेको संघ र प्रदेश सभाको निर्वाचनमा संयुक्त वाम गठबन्धनलाई विजयोल्लास बनाउनका लागि आज खिजिदेम्बाको केन्द्रविन्दु खिजिफलाटे बजार चुनावी आमसभा व्यापक रूपमा सप्पन्न भएको छ।प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार एवम् पुर्व माननीय क. यज्ञराज सुनुवारको प्रमुख अतिथि तथा प्रदेश सभा “क” का प्रत्यक्ष तर्फका उम्मेदवार एवम् युवाहरुको आकर्षकका केन्द्रविन्दु आम्बिरबाबु गुरुङको विशेष अतिथ्यतामा भएको चुनावी आमसभा नेपाली कांग्रेस खिजिदेम्बा गाउँपालिका वडा नं- 2 का नेपाल विद्यार्थी संघका उपाध्यक्ष दावा शेर्पा र राप्रपा का जिल्ला सदस्य एवम् खिजिदेम्बा गाउँपालिका अग्रज तथा खिजिकाती चर्नालुका समाजसेवी रेखनाथ न्यौपाने सहित विभिन्न पार्टी परित्याग गरी संयुक्त वाम गठबन्धनमा 100 भन्दा बढी पार्टी प्रवेश भएको खिजिदेम्बा गाउँपालिका वडा नं-४ का वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो ।

पन्चायत कालदेखि राप्रपामा बसेर राजनीति गर्दै आउनुभएका समाजसेवी रेखनाथ न्यौपानेले पार्टी प्रवेशको अवसरमा सम्बोधन गर्दै नेपालमा 68 वर्ष सम्मको लामो समयसम्म नेपाली कांग्रेसले सरकार चलाएता पनि समग्र राष्ट्रको विकासका लागी खासै स्वर्ण कदम नचालेको दावी गर्दै अबको समग्र बिकास र समृद्धिका निमित्त आफु सहित आफ्न कार्यकर्ताहरु संयुक्त वाम गठबन्धनमा प्रवेश गरी वाम गठबन्धनका उम्मेदवारलाई विजयको माला लगाउने प्रतिबद्धता रहेको बताउनुभएको छ।
कार्यक्रमको पवन अवसरमा आफ्नो प्रतिबद्धता राख्दै क. यज्ञराज सुनुवारले आफु निर्वाचित भए पश्चात् खिजिदेम्बामा सडक सबैतिर फिजिएको र हजारौं खर्च गरेर जिल्ला जानुपर्ने समस्यबाट मुक्त गर्नका लागी इलाका प्रशासन कार्यलय स्थापन गरी नागरिकता,पासपोर्ट जस्ता सिफारिसका काम खिजिदेम्बामै व्यवस्था मिलाएको दावी गर्दै अबको निर्वाचनमा संयुक्त वाम गठबन्धनलाई सुर्य चिह्नमा मतदान गरी बिजय गराएको खण्डमा अझै धेरै बाकी काम पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै प्रदेश नं-१ का साझा उम्मेदवार आम्बिरबाबु गुरुङले आफु जनताको मन जित्ने बिकास निर्माणमा सधै सकारात्मक सोछ र बिचारले अघि बढ्ने एक युवा नेता भएको दावी गर्दै अबको निर्वाचनमा संयुक्त वाम गठबन्धनको साझा उम्मेदवार म आम्बिरबाबु गुरुङ्लाई सुर्य चिन्हमा मतदान गर्न आम जनता आतुर भएको दावी गर्नुभयो।उहाँले ओखलढुंगा जिल्लामा संयुक्त वाम गठबन्धनको जीत सुनिश्चित भएको हुनाले अब आम जनता वामपन्थीको पक्षमा उभिने विश्वासका साथ सबैलाई सुर्य चिन्हमा मतदान गर्न अपिल समेत गर्नुभयो।कार्यक्रममा सकुन्तला राजभण्डारी,उत्तम राई,सिताराम गुरुङ लगायत जिल्ला स्तरीय पार्टी कमिटीका सदस्य सबैले संयुक्त वाम गठबन्धनको चुनावी चिन्ह सुर्यमा मतदान बिजय गराउन सबै जनतालाई आव्हान गर्नुभयो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय