काठमाडौं, कार्तिक १६ । दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता आज हुँदैछ । मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान १० देखि साँझ ५ बजेसम्मको समय छुट्याएको छ ।
आज दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्ला अन्र्तगत प्रत्यक्षतर्फ १ सय २८ र समानुपातिक तर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता हुनेछ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची आजै साँझ ५ देखि ६ बजेभित्र प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यातालिका छ ।
उम्मेदवारमाथि विरोधको उजुरी दिन भोली बिहान १० देखि ५ बजेसम्मको समय दिएको आयोगले १८ गते १० देखी ३ बजेसम्म उजुरीमाथी जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन ३ देखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यातालिका तोकेको छ । उम्मेदवार फिर्ताका लागि १९ गते बिहान १० देिख १ बजेको समय दिईएको छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
१९ गते दिउँसो ३ देखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन तालिका छ । दोस्रो चरणको निर्वाचनमा १ करोड ९८ लाख ८ सय ५२ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । मुख्य दलका शीर्ष नेता तथा दोस्रो तहका नेताहरु दोस्रो चरणमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकाले सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
श्रोत इकान्तिपुर
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित