संघिय समाजवादी फोरम नेपालको बिश्वको बिभीन्न मुलुकमा प्रवास संगठन रहे पनि कोरिया मा भने 2013 मा नेपाली संघिय समाज दक्षिण कोरिया स्थापना भएको हो l
नेपाली संघीय समाज दक्षिण कोरिया ले स्थापनाकाल देखि नै बिभिन्न सम-सामहिक बिषय मा बहस र छलफल गर्दै प्रत्यक्ष अप्रत्यक्ष रूप मा नेपाली समाज रूपांतरण गर्न महत्वपूर्ण योगदान गर्दै आईरहेको देखिन्छ
नेपाल मा हालै सम्पन्न बिभिन्न तह को निर्वाचन मा पनि सन्तोषजनक जित हाशिल गरेका छन l
त्यसै गरी प्रवाश संगठन नेपाली संघीय समाज दक्षिण कोरियाले पनि जातिया मुक्तिका लागि संघियता र वर्गीय मुक्तिका लागि सामाजवाद भन्ने मूल नाराका साथ पहिचान र समृद्धि नेपाल निर्माणको लागि अवको भूमिका बिषयक बृहत अन्तर्कृया कार्यक्रम यही फरवरी 16 तारिक आयोजना गर्न लागिरहेको र सम्पूर्ण तयारी भएको सूचना तथा सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले सञ्चार माध्यम लाई जानकारी दिनू भयो l उक्त बृहत अन्तर्कृया कार्यक्रम मा प्रमुख अथितिको रुपमा नेपाल बाट सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिब अजम्बर राई काङमाङ यही 15 तारिक ईन्छन अन्तर्राष्ट्रीय विमान स्थल हुँदै आउने भएका छन l
नेपाली संघीय समाज दक्षिण कोरियाले यही 2018/ फरवरी 16 तारिक हवासु बिल्डिङ, हेवादोङ,सिओल मा आयोजना हुन गईरहेको उक्त बृहत अन्तर्कृया कार्यक्रम सफल बनाउन कोरिया मा क्रियाशील सम्पुर्ण संघ संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारि,पत्रकार, विधार्थीहरु लगयात सम्पुर्ण कोरियावाशी नेपाली दाजु भाई दिदी बहिनी हरुमा उपास्थित भई दिन हुन नेफेसो कोरियाको अध्यक्ष महेंद्र राई ले आह्वान गर्नु भएको छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय