१६ मंसिर, काठमाडौं । पहिलो संविधानसभामा एमाले नेता माधव नेपाल दुई ठाउँबाट हारेका थिए । तर, उनको आवश्यकता संविधानसभामा महसुस गरेर माओवादी अध्यक्ष प्रचण्डकै पहलमा सभासदमात्रै बनाइएन, गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीसमेत बनाइयो ।

राजनीतिक यात्रामा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने एउटा उदाहरणसमेत हुन् प्रचण्ड र माधव नेपाल । शनिबार काठमाडौंको जडिबुटीमा आयोजित माधव नेपालको घरदैलोमा प्रचण्ड र नेपालले कुम जोडेको दृश्य यसैको प्रमाण हो ।

उसबेला माधव नेपाल नेतृत्वको सरकार ढाल्न प्रचण्डले देशभरबाट कार्यकर्ता राजधानी उतारेर आन्दोलन गरे । अहिले तिनै प्रचण्ड फेरि माधव नेपाललाई सांसद बनाउन कम्मर कसेर लागेका छन् । र, उनी यसैका लागि आफ्नो निर्वाचन क्षेत्र चितवन ३ बाट त्यसैका लागि काठमाडौं आएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा एमाले नेता माधव नेपाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन् । प्रचण्ड शनिबार बिहान नेपाललाई भोट माग्दै घरदैलो कार्यक्रममा सहभागी भए । घरदैलो कार्यक्रममा प्रचण्ड र माधवको मायाप्रेम लोभलाग्दो देखियो ।


-Onlinekhabar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय