प्रत्यक्ष र समानुपातिक गरी तामाङ समुदायबाट ६ जना सांसद चुनिएका छन् । जसमा हितबहादुर तामाङ, शेरबहादुर तामाङ, गंगाबहादुर तामाङ, बहादुरसिंह तामाङ, शान्ति पाख्रिन र नबिना लामा हुन् ।

अाइतबार नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा हलमा प्रतिनिधिसभाका र नुप्सेहलमा राष्ट्रियसभा सदस्यको शपथ हुनेछ । पद तथा गोपनियताको सपथ ग्रहणमा विभिन्न ११ वटा मातृभाषामा हुने कार्यक्रम तय हुदैछ । विभिन्न समुदायका सांसदहरूले अाफ्नो भाषामा सपथ लिन पाउँ भनी निवेदन दिएका छन्, जसमा तामाङ समुदायबाट निर्वाचित ६ जना मध्ये हितबहादुर तामाङले मात्रै निवेदन दिएका छन् ।

यो समाचार बाहिर अएसँगै सामाजिक संञ्जालमा यसबारे विभिन्न स्टाटस लेखेर अरू सांसदहरूप्रति दुखेसो पोखेका छन् ।

संसद सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जसमध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।

प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ गरी ३३४ सांसद छन् । प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीको शपथ अझै अन्योल छ भने राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत ३ सांसदको शपथ तत्काल नहुने भएको छ । आइतबार हुने शपथ कार्यक्रम कुनै तामझामविनै सामान्य प्रक्रियाबाट हुने सचिवालयले जनाएको छ ।
-sailung online

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय