काठमाडौँ, मंसिर १३ । २०३५ साल देखि नेपालको पर्यटन व्यावसाय प्रर्वधनमा लागि पर्दै आएका, समाजसेवी राटरी क्लव (साउथ पाटन) मा पुर्व अध्यक्ष कामी रिन्जी शेर्पा दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावी मैदाममा छन । उनले नयाँ शक्ति नेपालबाट प्रत्यक्ष तर्फबाट प्रदेश न ३ क्षेत्र न ४ प्रदेश सभा सदस्य (१)बाट उम्मेदावरी दिएका छन ।
शेर्पा नयाँ शक्ति नेपालका संस्थापक सदस्य पनि हुन उनले युवा स्वारोगार र दुर्गम भेगमा रोजगारीको सृजना गर्नका कृषि र वागभानी सम्बन्धि कार्यहरु गरेका छन । शिक्षा क्षेत्रमा युवाहरुको पहुच हुनु पर्छ भन्ने सोच राख्ने शेर्पाले हिमाली भेगमा छात्राहरुलाई छात्राबृद्धि पनि प्रदान गर्दै आएका छन ।
कामी रिन्जी शेर्पाले चुनावि प्रतिबद्धतापत्र यस्तो रहेको बताएका छन । –एक बर्षे योजनाः
१ महानगर भित्र भैरहेका सडकहरुलाई धुलो नउडाउने र पानी नजम्ने विधी अपनाइने छ ।
२ सहरभित्र वेहाल रुपमा विग्रेका र अव्यवस्थित बस्तिको तार, टेलिफोन तार र टि।भि तारहरुलाई व्यवस्थित गर्ने छु ।
३ जेब्रा क्रसिङलाई सुदृड तथा आधुनिक रुपमा व्यवस्थापन गरी महानगरबासीलाईृ सुविधा दिलाउने छु ।
४ अव्यवस्थित रुपमा ग्रस्त ट्राफिक जाम तथा यातायात लाई सुदृडिकरण गरी माहानगर मैत्रि सिस्टय बनाउने छु ।
५ माहानगरपालिका भित्रको हरेक गाडिहरुलाई तोकेको ठाउमा पेसेन्जर पिकअप गर्ने र ड्रप गर्ने आधुनिक सिस्टमको निर्माण गर्नेछु ।
६ सहरी फोहरमैला उचीत ढंगले रिसाईकल गर्ने र डिस्पोजल गर्ने स्थानको दीर्घकालिन योजनाको खोजी गरी व्यवस्थापन गर्नेछु ।
७ सहर भित्र सडक गल्लीहरुमा भएको सडक कुकुर तथा चौपायहरुको पूरै निषेध गर्नेछु ।
८ सडक वालवालिका , माग्ने र टुुरिष्टको पछि लागेर हैरान गर्ने गलतसमूहलाई उचित तालीम दिलाई रोजगारको अवसर मिलाउनेछु ।
९ प्रत्येक हप्तामा युवा तथा पव्लिक बहुउद्देश्य को लागि अन्तरकृया कार्यक्रम ९त्बपि एचयनचबm० सञ्चालन गरिने छ ।
१० सडक पेटीमा मान्छे हिड्नै नहुने गरी व्यापार गर्न व्यापारीहरुलाई तुरुन्तै हटाउने छु । तर उनीहरुलाई तोकीएको ठाउमा व्यापार गर्ने अवसर प्रधान गरिनेछु ।
२–३ बर्षे योजना
१ सहरी सडकहरुको रेडलाइट तुरुन्त प्रयोगमा ल्याउने पहल गर्ने छ ।
२ काठमाण्डौ को चारै दिशामा बस, कार वाश सेन्टरको निर्माण गरी रिङरोड र रिङरोड भित्र आउने सम्पुर्ण गाडिहरु प्राइमरी वाश गरेर मात्र प्रवेश गराउने प्रविधीका निर्माणगरीर्नेछु ।
३ काठमाण्डौको ग्रीन सिटी को अवधाराना अनुसार योजन बनाई लगातार अगी बढाउने छु
४ काठमाण्डौ सबै क्षेत्रका विज्ञ तथा प्राविधिकहरु संग निरन्तर अन्तरकृय गरी सबै क्षेत्रको साथै क्षेत्र नं। ४ लाई पनि पर्यटकिय स्थल बनाउने दृड संकल्प गर्दछु ।
५ सिंगै ४ नं। क्षेत्र संग सहकार्य गरि पशुपति मन्दिर, जयबाग्यश्वरी क्षेत्र, चावहिल गणेषस्थान, चारुमति विहार, चारुमति स्तुपा, महान्काल, बौध क्षेत्र , कपन क्षेत्रकोहिन्दु तथा बौध मन्दिर , गोन्पा, तारेवीर, नारायणस्थान मन्दिर र शिवापुरी क्षेत्रलाई ठाउ ठाउमा ग्रिन पार्क निर्माण गरि शहरीय सौनदार्यलाई प्राकृतीक सौन्दर्यमा बदलीनमुना पर्याटकीय शहर बनाउने छु ।
६ अकाशे पानीको खेती ९क्पथ च्बष्ल ज्बचखभकत ० आधुनिक अवधारणा लाई तदारुकताको साथ डिजाईन गरि काठमाण्डौ क्षेत्र नं। ४ का वासीन्दाहरुलाई खानेपानीकोसमास्याबाट मुक्त गराउने छु । साथै भूमिगत पानीको श्रोतलाई कमी हुन नदिन रिर्चाज सिस्टम द्धारा पानीको श्रोतलाई कार्य जारी राखिनेछ ।
७ काठमाण्डौको स्थानीय बासिन्दाको भाषा संस्कृतिलाई संरक्षण – सम्बर्धन गरी यहाको पर्यटन प्रवर्धनको मुल आधार बनाईने छ ।