चीन र भारत सीमानामा शान्ति कायम राख्न तथा रणनीतिक सञ्चार बढाउन सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वुहान सहरमा भएको अनौपचारिक शिखरवार्तामा यस्तो सहमति भएको हो।

शुक्रबार र शनिबार गरेर सी र मोदीले आपसमा ९ घण्टा समय बिताएको बताइएको छ। उनीहरु ७ विभिन्न कार्यक्रममा समेत सहभागी भएका थिए। उनीहरुबीच भोजमा, तालको किनारमा हिँड्दै गर्दा, चिया पिउँदै गर्दासमेत छलफल भएको थियो।
दुवै देशले एकअर्काको संवेदनशीलतालाई सम्मान गर्ने समझदारी दुई नेताबीच भएको भारतीय विदेश सचिव विजय गोखलेले जनाएका छन्।
त्यस्तै सीमासम्बन्धी विवादलाई हल गर्न पनि दुवै नेता सहमत भएको बताइएको छ।
सी र मोदी
सी र मोदी
त्यस्तै दुवै नेता आआफ्नो देशको सेनालाई रणनीतिक मार्गदर्शन दिन र आपसी विश्वास बढाउन पनि सहमत भएका छन्।
पछिल्लो समय मोदीले आफ्नो चीनसम्बन्धी नीतिमा महत्वपूर्ण परिवर्तन ल्याउन खोजेको विश्लेषण गरिँदै आएको छ। उनको यो भ्रमणलाई पनि यही प्रयासको एक हिस्साका रुपमा हेरिएको छ।

source nepalkhabar





