तत्कालिन नेपाली सङघीय समाज र अन्तरास्ट्रिय नेपाली समाज जापान बिच एकता घोषणा तथा दशै,तिहार,नेपाल सम्बत र छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै सरिता ढकालको अध्यक्षतामा १२१ जनाको कमिटी घोषणा गरेको छ । नेपाली समाज र परम्परामा महिलालाई बिभिन्न बहानामा पछी पार्ने पुरुषवादी सोचलाइ चिर्दै नेपाली समाज जापान ले प्रथम महिला नेतृत्व चयन गर्न सफल भएको बताइएकाे छ
कार्य समितिको विवरण
अध्यक्ष :-सरिता ढकाल
सह-अध्यक्ष :-पेम्बा शेर्पा
ब. उपाध्यक्ष :- हरिचन्द्र लामा
उपाध्यक्ष :- सन्जिब राइ
उपाध्यक्ष :- लक्ष्मीहाङ आङ्बो लिम्बू
उपाध्यक्ष :- सविन श्रेष्ठ
उपाध्यक्ष :- प्रकाश केसी
उपाध्यक्ष :- डि बि बिश्वकर्मा
उपाध्यक्ष :-दिया शाह
महासचिव :- शिशिर निङ्लेकु लिम्बू
उपमहासचिव :- मोती गुरुङ
सचिव :- गाल्भु शेर्पा
सचिव :- प्रकाश घिसिङ
सचिव :- कविता मगर
सचिव :- धुर्व सुबेदी
सचिव :- सुनिल देवकोटा
सचिव :- ॠषिराम ढकाल
कोशाध्यक्ष :- हरेन्द्र नाल्बो लिम्बू
सह कोसाध्यक्ष :- शुशिला भट्ट
प्रवक्ता :- मुगाधन राई
सदस्यहरुमा नेपाली संघीय समाज बाट ५५ जना र अन्तरास्ट्रिय नेपाली समाजबाट ४६ जना गरी कुल १२१ जनाको नेपाली समाज जापान समिति घोषणा
भएको छ । तत्कालीन नेपाली संघीय समाज जापानको सल्लाहकारहरु र अन्तरास्ट्रिय नेपाली समाज जापानको सल्लाहकारहरु सबै नेपाली समाज जापानको सल्लाहकारको रुपमा रहने सहमति समेत भएको छ ।
उता तत्कालीन अन्तराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम ठगुन्नाले एक पत्रकार सम्मेलनकाे आयाेजना गरी याे एकतामा अन्तराष्ट्रिय नेपाली समाज जापानकाे तर्फबाट संलग्न नभएकाेले एकता नभइ नेफेसाे जापानकाे पुनर्गठन भएकाे बताउनुभएकाे छ । नेफेसाे जापानले भने सहमतिपत्रमा दुवै तर्फकाे हस्ताक्षरसहित सर्वसम्मत कमिटि निर्माण भएकाेले याे निराधार भएकाे बताइएकाे छ । कार्यक्रम अक्टाेबर २० तारिखका दिन टाेक्याे स्थित एक नेपाली रेष्टुरेन्टमा सम्पन्न भएकाे थियाे ।





