
नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा शक्ति बस्नेत समूहका विजयप्रकाश सापकोटा निर्वाचित भएका छन्।
बाँकी रहेका दुई प्रदेशको मतगणना सकिँदा निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएको उनका प्रतिनिधि यादव ढुंगानाले जानकारी दिए।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणना अनुसार सापकोटाको विजय भएको हो। उनले प्राप्त गरेको कुल मत सार्वजनिक गरिएको छैन।
यसअघि महासचिवमा जनार्दन शर्मा समूहका रोशन थापा मगर विजयी भइसकेका छन्। उनले ५९६ मत प्राप्त गरेका थिए।