सोलुखुम्बु : नेपाली काँग्रेसको जारी अधिबेशनमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको सभापतिमा दुई जनाको उम्मेद्वारी घोषणा भएको छ ।
काँग्रेस पुर्व पार्टी सभापति आङगेलु शेर्पाको समुहबाट नगर कार्यपालिका सदस्य समेत रहेका सोनाम ग्याल्जेन शेर्पा र पार्टी केन्द्रिय सदस्य बलबहादुर केसी समुहबाट वडा नम्बर २ का अध्यक्ष मिङमारदोर्जी शेर्पाले उम्मेद्वारी घोषणा गरेका हुन् ।
पर्यटन व्यसाय र समाज सेवामा समेत संलग्न सोनाम ग्याल्जेन शेर्पाले लामो समय क्रियाशिल सदस्य रहेको र पार्टीको हरेक अभियानमा अग्रपंतिमा रहेर काम गरेकोले आफुसँग नगरको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेका बताए । नगर सभापतिमा आफुले जितेको खण्डमा कार्यालय ब्यवस्थापन देखि संगठन निर्माणसम्म स्पष्ट योजना बनाएको भन्दै आगामि निर्वाचनमा ११ वटै वडा र नगर प्रमुख र उप्रमुख जिताएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे ।
काँग्रेसमा प्रशिक्षण अभाव भएको भन्दै उनले आफ्नो पहिलो प्राथमिक्ता टोल टोलमा प्रशिक्षण कार्यक्रमहरु चलाउने र काँग्रेसमा युवा सहभागिता अभिबृद्धि गर्ने बताए ।
विद्यार्थी जिबन बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मिङमारदोर्जी शेर्पाले काँग्रेस नेता बलबहादुर केसी, जिल्ला सभापति विनोद बस्नेत, नेता प्रशास सिंह कार्की लगायतको उपस्थितिमा उम्मेदवारी घोषणा गर्दै आफु पार्टीको संगठन सुदृढिकरण र नगरमा काँग्रेस बलियो पार्न निर्वाचनमा होमिएको प्रतिक्रिया दिएका छन् । वडा नम्बर २ का वडा अध्यक्ष मिङमारदोर्जी शेर्पाले करिब १ महिना अगाडी मात्रै समुह परिर्वतन गरेका हुन् ।
काग्रेसलाई गुट उपगुटबाट टाढा राख्ने कोशीस गरेको भएपनि सानो झुण्डमा रमाउने पार्टीका नेताहरुका कारण चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता सृजना भएको , काग्रेसबाट निर्वाचित वडा अध्यक्ष सहित सदस्यलाई एकसाथमा लाने दायित्व मेयरको भएपनि त्यो भूमिकाबाट बाट टाढा रहदै पार्टीको कुनैपनि कार्यक्रममा सहभागी नुहुनु गलत भएको मेयर नाम्गेल जाङबु शेर्पाको टिप्पनी गर्नुभयो ।
५२ वडा मध्ये तीन वटा बाहेकमा सर्वसहमतिमा वडा नेतृत्व सहित प्रतिनिधि छनौट गरेको काग्रेसको पालिका, क्षेत्रीय र जिल्ला निर्वाचनमा भने गुटउपगुटको प्रभाव पर्ने देखिएको छ ।
१३ औँ महाधिवेशन पनि दुई पक्षको विवादका बीच सम्पन्न भएको थियो । एकापक्षले महाधिवेशन नभएको भन्दै सभापति बिनोद बस्नेत आधिकारीक नभएको बताउँदै आएको थियो भने अर्कोपक्षले नियम संगत सम्पन्न भएको दावी गर्दै आएको थियो ।