सोलुखुम्बु, ओखलढुंगा लगायतका हिमाली जिल्लाहरुमा पछिल्लो समय जनता समाजवादी पार्टीमा प्रवेस गर्ने स्थानीयहरुको ठुलो संख्या देखिन्छ। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको हरेक गाउँ, टोलमा संगठन विस्तार गर्ने क्रममा पछिल्लो समय अत्यदिक जाडोले पनि जसपाको विस्तार अभियानलाई कुनै प्रवाभ परेको देखिदैन।
अत्यधिक हिमपातको बीच सोलुदुधकुण्ड नगरपालिका ५ काे सल्लेरी बागममा ङिमा शेर्पाको अध्यक्षतमा टाेल समिति बिस्तार केन्दिय सदस्य ल्हाक्पा शेर्पाले तथा सफल कार्यकालको शुभकामना दिएको थियो । संगठन विस्तारकै क्रममा केहि समय अगाडी मात्र सोलुदुधकुण्ड नगरपालिका ७ मा काजी शेर्पाको अध्यक्षतमा वडा समिति, कामी सार्की शेर्पाको अध्यक्षतमा प्रारम्भिक(टाेल)समिति, वडा नं ६ थातेङमा ग्याल्जेन शेर्पाकाे अध्यक्षतमा प्रारम्भिक(टाेल)समिति, वडा नं ९ गोराखानिमा साेनाम ङिमा शेर्पा काे अध्यक्षतमा प्रारम्भिक(टाेल)समिति गठन गरेको थियो ।
पार्टीलाई बैकल्पिक सक्तिको रुपमा स्थापित गर्ने क्रममा केहि समय अगाडी मात्र काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, काठमाडौ लगायत विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरु एकसाथ विभिन्न पार्टी परित्याग गरि ३५५ जनाभन्दा बढी नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका थियो ।

नवप्रवेशीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले सदस्यता पत्र प्रदान गरेका थिए भने वरिष्ठ नेता अशोक राईले खादा लगाइदिएका थिए त्यसैगरी राजेन्द्र श्रेष्ठले अविर लगाइदिएर स्वागत गरेका थिए ।
संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रूपमा स्थापित गर्ने केन्द्रीय नीतिअनुसार जनता समाजवादीले जिल्लाहरुमा ‘सुज’ अभियान सुरु गरेको थियो ।





