सोलुखुम्बु : जनता समाजवादी पार्टी सोलुखुम्बुले जिल्लामै पहिलो पटक नेचासल्यान गाउँपालिकामा गाउँपालिका स्तरीय समिति गठन गरेको छ । आईतबार नेचासल्यान गाउँपालिका ५ लाहुरेचौरमा पार्टीका कन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज लाक्पा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले शुकुराज बाहिङको अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको हो ।

समितिको सचिबमा हेमन्त किराती, सहसचिबमा लक्की शेर्पा, सहसंयोजकहरुमा पाल्देन शेर्पा, सुवास राई, आङ ङिमा शेर्पा र ऋषीराम कटेल रहेको नवगठित समितिका सचिब हेमन्त किरातीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गदै केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज शेर्पाले नवगठीत पदाधिकारीहरुले पार्टीको निति नियम भित्र रहेर काम गर्न आग्रह गर्नुभएको छ ।

जनता समाजवादी पार्टीले जिल्लामा पहिलो पटक गाउँपालिका स्तरीय समिति गठन गरिएको हो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र रानामगर लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
-Solu Fm

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय