प्रदेश न.१ पु:न नामाङकन संयुक्त संघर्ष समिति जापानले कोशी खारेज आन्दोलन र ईलाम २ उपनिर्वाचन उपयोगिता बिषयक जुम भर्चुअलको माध्यमबाट अन्तरकृया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यहि मार्च ३० तारिख शनिवार साँझ नेपाली समय ५:०० बजेबाट हुन लागिरहेको कार्यक्रममा बक्ताहरुमा क्रमश प्रदेश न. १ पुन नामाङकन संयुक्त संघर्ष समितिका साझा उम्मेद्वार
डकेन्द्रसिं थेगिम ,नेपाल आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष गेल्जे शेर्पा ,प्रदेश न. १ पुन नामाङकन संयुक्त संघर्ष समिति संयोजक तथा किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्रेम येक्तेन ,किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष बुद्द सोङमी ,अधिवक्ता याम योङहाङ ,पहिचान आन्दोलनका अभियन्ता पदम अधिकारी लगायत रहने प्रदेश न.१ पु:न नामाङकन संयुक्त संघर्ष समिति जापानका सचिव लक्ष्मीहाङ आङबोले जानकारी दिनुभयो ।

सचिव आङवोले जापानबासी सम्पुर्ण पहिचानबादी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ पनि जुम भर्चुअलको माध्यमबाट अन्तरकृया कार्यक्रममा सहभागी जनाइ सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय