सागा दावा पर्व २०८२ को उपलक्ष्यमा थेक्छेन पेमा छोलिङ गोन्पाले एक विशेष कार्यक्रम आयोजना गरेको छ। आगामी वैशाख २७ गते (शनिबार), सन् २०२५ मे १० तारिखमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित विभिन्न गोन्पामा दौडिने प्रथम अन्तर्राष्ट्रिय सागा दावा म्याराथन आयोजना हुने भएको छ।

यस म्याराथनको लागि तयार गरिएको लोगो सङको म्युजिक भिडियो “विश्व शान्तिको कामना, थेक्छेन पेमा छोलिङको चाहना!” गोन्पाको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन गोन्पाले सबैलाई आग्रह गरेको छ।

यस म्याराथनमा भाग लिन इच्छुक सबैलाई गोन्पाले आह्वान गरेको छ। विशेष गरी विदेशमा बस्ने नेपालीहरूलाई सोलु भ्रमणको योजना बनाएर यस म्याराथनमा सहभागी हुन आग्रह गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय