बिगतका वर्षहरूमा जस्तै यो वर्ष जनवरी १, २०१८ मा पनि नेपाली टोपी लगाएर नेपालीपनका साथअंग्रेजी नयाँ वर्षलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रुपमा बिशेष रुपमा मनाउन अपील गरिएको छ ।

यसले अन्तर्राष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्ने सरोकारवालाहरूले जनाएका छन् । नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरूमा समग्र नेपालीहरूको साझा र मौलिक पहिचानको चिह्न रहेको बताइएको छ । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरूको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संस्थापकद्वय डा.लेखनाथ काफ्ले र शंकर बन्जाडे लेअन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको प्रबर्धन गर्दै आइरहेका छन् ।

अगिल्लो वर्षहरूमा विश्वव्यापीरुपमा भएको व्यापक जनसहभागिता र संचार माध्यमहरूबाट पाएको सहयोग यसपटक पनि प्राप्त हुनेमा संस्थापक द्वय बिश्वस्त छन् । संस्थापक द्वयभन्छन, नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात–जातिको आफ्नै टोपी पनि छन् ।

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति–जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो । १ जनवरीका दिन आ–आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ भन्ने आह्वान पनि गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय