सिन्धुपाल्चोक, कात्तिक २० । सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरी थाङपाल गाउँ पालिका ८ ओक्रेनी स्थित (नम्दाग देक्षेन लिङ्) मा तथागत भगवान अमिताभ बुद्ध, आर्य अवलोकितेश्वर र महा बज्रपानीको त्रिमुर्तिको यही कात्तिक २४ गते धार्मिक परम्परा अनुसार प्राण प्रतिष्ठान (रम्ने) हुने भएको छ ।
प्राण प्रतिष्ठान पुजनिय धर्मगुरु खेन रिन्पोचे साङ्गे राङ्ज्युङ रिन्पोचेबाट हुने आयोजक गुम्वाका प्रमुख लामा दोर्जे लोपेन(डा. टासी छिरीङ होम बहादुर लामा)ले जानकारी दिनु भएको छ ।
प्राण प्रतिष्ठान पुजासगै बुद्ध वचन(वुम) पाठ र अभिषेक र श्रवण र संघ रत्नको साधु अर्शिवाद हुने आयोजकले जानकारी दिएको छ ।
पुजालाइ सफल पार्न धर्म गुरुहरु रिन्पोचे ङवाङ तेन्जी, खेन्पो ङवाङ वसेर, खेन्पो ङवाङ लटुप, आर्चाय नोर्बु शेर्पा सहभागी जनाउने छन ।
मुर्ति निमार्णमा विशेष सहयोग दोर्जै लोपेन डा. टासी छिरीङ (हेम बहादुर लामा र श्रीमती छिरीङ बुटी शेर्पाले गरेका थिए ।
प्राण प्रतिष्ठान पुजाको प्रत्यक्ष प्रसारण हिमाली सन्देश डटकमको फेसबुक पेजबाट हुनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय