
कर्मारिञ्जी शेर्पा,भाद्र ६,रामेछाप – श्री महलंगुर मा. वि. गुम्देल र गुम्देल स्वास्थ्य चौकीको संयुक्त अयोजनामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकबाट निर्वाचित प्रमुख शेर बहादुर सुनुवर,उप प्रमुख उर्मिला कार्की र उमाकुण्ड गाउँपालिक वेडा नं.१ गुम्देलबाट निर्वाचित वर्डा अध्यक्ष नुर्वु शेर्पालाई गरेको स्वागत कार्याक्रममा बोल्दै उप प्रमुख उर्मिला कार्कीले २ बर्ष भित्र गुम्देललाई पर्ण रुपमा विकास र समृद्ध बनाउने प्रतिबद्धता जहेर गरेको छ । उप प्रमुख कार्कीले कार्याक्रममा बोल्नु हुन्दै क्रमस सर्वप्रथम गुम्देल स्वास्थ्य चौकीमा २ कोठे भवन निर्माण गरि बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने,गुम्देलमा बाह्रै महिना यातायातको सधन सञ्चालन हुने सडक स्तरउन्नति गर्ने,क्यामा,गुम्देल,च्याउकी,थल्चे हुन्दै बाम्तीभण्डार जोड्ने ट्याक निर्माण गरि गाउँपालिकलाई नजिक बनाउने, २ बर्ष भित्र केन्द्रीय लाईन प्रसारण गर्ने, शैक्षिक गुनस्तार बृद्धि गराउने, फर्निचर उद्योग सञ्चालन गरि युवा स्वारोजगर अभिबृद्धि गर्ने तथा महिला मुखि कार्याक्रम ल्याउने बताउनु भयो । उक्त कार्याक्रममा गाउँपालिकको प्रमुख शेर बहादुर सुनुवरले बर्षको पानीले पहिरोकाकरण अपरुद्ध गुम्देल,क्यामा जोड्ने सडक स्तरउन्नति गर्नका लागि पचस हजार रुपौयाँ दिने भएको छ । कार्याक्रममा श्री रातोतारा युवा क्लबको कलकारहरुले शेर्पा संस्कृतिक नृत्य प्रस्तुत गर्नु भएको थियो । सो कार्याक्रममा उमाकुण्ड गाउँपालिक वडा नं. १ का राजनितिक दलका पदधिकारीहरु,बिभिन्न संघ संस्थको प्रतिनिधि,बुद्धिजीवी लगयत सविकको वर्डा नं. १ देखि ९ सम्मको मानिसहरुको सहभगित रहेको थियो ।

श्री रातोतारा युवा क्लबको कलकारहरुले शेर्पा संस्कृतिक नृत्य प्रस्तुत गर्दै