सोलुखुम्बुको बिकट क्षेत्र मानिने कोसीपारी देखी राजधानी सिधा यातायात सञ्चालन भएपछि स्थानीय हर्षित भएका छन् । दुधकौसीका गाउँपालीका र सोताङ गाउँपालीका बीचमा पर्ने दुधकोसी खोलमा ह्युम पाईप राखेर सवारी आवतजावत गर्नसक्ने भएपछि कोसी पारीबाट राजधानी संग सिधा यातायात सेवा सञ्चालनमा आएको हो ।
सोताङ गाउँपालिकाको ५ लाख, स्थानीय प्रकाश कार्कीको करिब ७ लाख र अन्य स्थानियको आर्थिक सहयोग र पहलमा दुधकोशीमा ह्युम पाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णु थापाले जानकारी दिनुभयो ।
जिल्लाको बिकट क्षेत्र सोताङ गाउँपालीकाको शिवटार बजार देखी सदरमुकाम सल्लेरी, राजधानी काठमान्डौ लगाएतको क्षेत्रमा सिधा जीप सेवा सञ्चालन हँुदा त्यस भेगका नागरिकले बिकासको अनुभुती गरेका छन् ।
खच्चड र भारिया मार्फत दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने व्यापारीले समेत ट्याक्टर मार्फत सामान ढुवानी गर्दा व्यवसाय सञ्चालनमा सहज भएको बताएका छन् । एक दिनको पैदल यात्रा पछि सदरमुकाम सल्लेरी पुग्नुपर्ने सोताङबासीको बाध्यता हटेको भन्दै स्थानीय चन्द्र बहादुर राईले खुसी व्यक्त गर्नुभयो ।
केहि समय अघिसम्म दिनभरीको यात्रा पछि बल्ल सदरमुकाम सल्लेरी पुग्नुपर्ने कोसीपारीका नागरिकको बाध्यता थियो तर अहिले बिहान गएर बेलुका घरमै आईपुग्न सकिने सोताङकै मोतीराम बस्नेतको भनाई छ । दुधकोसी खोलामा ह्युम पाईप राखेर सिधा यातायात सञ्चालन गरेपछि केहि दिन यता सोताङको शिवटार बजार सम्म सिधा जिप सञ्चालन भईरहेको छ । सडक कहिले आउँछ र गाडी मार्फत यात्रा गर्ने भन्ने कोसीपारीका नागरिकको सपना पुरा भएको स्थानीय धनमाया कटुवालको भनाई छ ।
सल्लेरीको जोरबौद्ध देखी करिब ६५ किलोटिरको दुरीमा सोताङ शिवटार बजार पर्छ । भर्खरै ट्रयाक खोलिएकोले सडकको गे्रड नमिल्नु, दुधकोसीमा पुल नहुँदा जोखीम पुर्णढंगले खोला तर्नु लगाएतले जीप भाडा भने महङ्गो तिर्नुपर्ने त्यस भेगका नागरिकको बाध्यता छ । स्थानीय धनकुमार बिश्वकर्माले सडकको स्तर उन्नती र बेली बिज्रको लागि सम्बन्धित निकायले ध्यान दिनुनपर्ने बताउनुभयो ।
यहिले त्यस भेगका नागरिकले सोताङ शिवटार देखी सल्लेरी सम्म ११ सय रुपैया र राजधानी काठमान्डौ सम्मका लागि २ हजार २ सय रुपैया तिर्दै आएका छन् । दुरीको हिसाबले यो भाडा बढी भएपनि सडकको अवस्था हेर्दा सामान्य रहेको यातायात व्यवसायीको भनाई छ ।
यसैबीच, मोतिधन कन्ट्रक्सनले सोताङ गाउँपलीकाको दिप्लीघाट देखी साद्धि सम्म सडक स्तर उन्नती संगै ट्रयाक खोल्ने जिम्मेवारी पाएको छ । कुल २ करोड २० लाख रुपैयामा करिब २० किलोमिटर सडकको स्तर उन्नती र बाकी ट्रायक खोल्ने जिम्मा उक्त कम्पनीले पाएको सडक डिभिजन हर्कपुर ओखलढुंगाले जनाएको छ । सडक डिभिजनका इन्जिनियर शुशिल घिमिरेका अनुसार बे्रकर बिग्रिरिएर पावैको केहि स्थानमा स्तर उन्नती हुननसकेपनि केहि दिन पछि काम सुरु हुने छ । इन्जिनियर घिमिरेका अनुसार रोक्ति देखी दिप्लीघाट सम्मकै सडकको तत्काल स्तर उन्नती गर्न आवश्यक छ ।
तत्कालिन जिल्ला बिकास समितिले ट्रायाक खोलेको उक्त सडकको पटक पटक स्तर उन्नती भएपनि आखामा छारो हाल्ने मात्र काम भएको आम उपभोक्ताले आरोप लगाएका छन् । पटक पटक स्तर उन्नती गर्ने भन्ने तर गुणस्तर काम नभएको आम उपभोक्ताले गुनासो गर्ने गरेको सोताङबाट हाम्रा प्रतिनिधि झमक बाबु बस्नेतले जानकारी दिनुभयो ।
Source:भोजराज कार्की -solufm
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित