नेपालमा भुकम्प गएको साँढे २ बर्ष बितिसक्दा पनि राज्यवाट पाउनुपर्ने क्षतिपुर्ती नपाउँदा दिक्तेल नगरपालिका २ मा रहेको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा बेकामे भएको छ । ०७२ बैशाख १२ गते शनिवारको महाभुकम्पले तहसनहस बनाएको गुम्बाले पुनः निर्माण नपाउँदा साँढे २ वर्षयता प्रयोगविहीन भएको हो । निर्माणकार्य सुरु भएको पाँचबर्षपछि फिनिसिङ्गको काम सकिएलगत्तै देउताको मुर्तीहरु ब्यावस्थापन गर्दैगर्दा भुकम्पले भवनको पश्चिमी साईडको गाह्रा भत्काएर भ्वाङ्ग बनाएको छ ।
गुम्बा ब्यावस्थापन समिती केन्द्रिय कार्यलय काठमाडौको २ लाख, सहयोगी पेमा शेर्पाद्धारा कतारबाट आएको १ लाख र चन्दा संकलन गरी १४ लाख बरावरको निर्माण सम्पन्न भवन भुकम्पले प्रयोग गर्नै नसकिनेगरी क्षति पु¥याएको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा ब्यावस्थापन समितीका अध्यक्ष फुरी शेर्पाले बताए । भुकम्पले भवन काम नलाग्ने गरी भत्काएपछि प्रहरीले स्थलगत रिपोर्ट तयार पारेको र नगरपालिका तथा जिल्ला समन्वय समिती दिक्तmेलले कुनै सुनुवाई नगरी अहिलेसम्म केही क्षतिपुर्ती नदिएको अध्यक्ष शेर्पाले बताए ।
शेर्पा समुदायमा मानव जन्म, विवाह, मृत्युजस्ता मानविय संस्कार कसरी गर्ने भन्ने ज्ञान दिन र लामा पढाउनका लागि गुम्बाको स्थापना गरिएको गुम्बा ब्यावस्थापन समितीले जनाएकोे छ । दश कार्यसमिती रहेको ब्यावस्थापन समितीले दिक्तmेलका मुढे, पैंया, हुर्लुङ्ग, सोती, खार्मी, नुनथलाका ५०÷६० घरलाई लाभान्वित हुने गरी गुम्बा निर्माण गरेका हुन् । गुम्बा निर्माणका लागि सोही स्थानका दोर्जे शेर्पाले ९ रोपनी बाह्र आना, निमदुरी शेर्पा र किमा शेर्पाले १ रोपनी चार आनागरी १२ आना निशुल्क जग्गा दिएका हुन् ।
भुकम्प गएको झण्डै साँढे २ वर्ष वितिसक्दा पनि नगरपालिका, स्थानिय प्रशासनवाट कुनै सहयोग नपाएपछि गुम्बाको भवनलाई मर्मतसंभार गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाई छ । सहयोगी संघसंस्था तथा मनकारी सहयोगी भावना भएकाहरुले सहयोग गरिदिए भत्किएर त्यतिकै बसेको भवनलाई सञ्चालन गर्न सकिने ब्यावस्थापन समितीको भनाई छ । सहयोगीहरुले स्वेच्छिक सहयोग गरिदिन कार्यसमितीले आग्रह गरेको छ ।