कर्मारिञ्जी शेर्पा,भादौ–१,रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिक वर्डा नं. १,  १,गुम्देल,क्यामामा रहेको क्यामा सामुदयिक स्वास्थ्य ईकाइको आफ्नै निजी भवन बनाउन निर्माण समिति गठन गरिएको छ । हल सम्मा गुम्बाको सर्वजानिक घरमा रहेको उक्त स्थास्थ्य ईकाईलाई स्थानियबसीले लगभग १ रोपनी ६ अन्न जग्गा उपलब्ध गराए पछि भवन निर्माण समिति गठन गरिएको छ । ३ जना कर्मचारी रहेको उक्त स्वास्थ्या ईकाइमा गुम्देलको माथिल्लो शेर्पा बस्तीहरुको लाछेवर,होड र क्यामा गाँउका करिब २०० घर परिवरले सेवा लिई रहेको छ । जिल्लाको विकाट स्थानमा रहेकोले यस स्थानको मानिसहरुले प्रथामिक उपचार समेत नपाई ज्यान जने अवस्था भएपछि २०७२ सालमा यो स्वास्थ्य ईकाइको स्थापन गरिएको थियो । उक्त कार्याक्रममा पुरानो स्वयंसेवक पुटी शेर्पालाई बिदाई गरिएको छ भने नयाँ स्वयंसेवकमा फुडोमा शेर्पालाई नियुक्ति गरिएको छ । कार्याक्रममा प्रमुख अतिथि गुम्देल स्वास्थ्य चौकीको इन्चार्ज कृष्ण बहादुर बुढा,सभापति निमा शेर्पा तथा बिशिष्ट अतिथि वडा सदस्य कर्मावाङ्छु शेर्पाको साथै स्थानियबसीहरुको उपस्थिति रहेको थियो । अब उक्त निर्माण समितिले छिटै स्वास्थ्य ईकाइको भवन निर्माण कार्या सुरु गर्ने बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय