दावा जाङबु शेर्पा मलेसिया- स-फो खि ल्हो २१४५ औ ग्याल्पो लोसार तथा नया बर्षको अवसरमा शेर्पा किदुक मलेसियाद्धारा आयोजना गर्न लागेको ग्याल्पो लोसार कार्यक्रमको तयारी पुरा भएको छ ।
बिशेष गरी रोजगारीको शिलशिलामा मलेसिया पुगेका शेर्पाहरुले स्थापना भएको र आफ्नो स्थापना कालदेखि नै बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन । कार्यक्रममा प्रमुख अथिति नेपाली दुताबास मलेसिया, बिषेश अथिति धर्म गुरु आचार्य भनु सिदर्थ तेन्डु शेर्पाको उप्स्थितिमा फेब्रुअरी १६ तरिखा हुन गईरहेको छ भने कलाकारहरु नब गइका अोङ्मु लामा शेर्पा ,गायक अङ फुरी शेर्पा , डिजे छेवाङ शेर्पा साथै मलेसियमा नै बस्दै आएका बिभिन्न स्थानिय कलाकारहरुको बेजोड प्रस्तुुति रहने सस्थाका सचिव दावा जाङबु शेर्पाले जानकारी दिनु भयो ।
शेर्पा समुदायको पहिचान श्याब्रु नृत्य सँगै सधैझै यस बर्ष पनि साँस्कृतिक पक्षलाई बिशेष जोड दिने कार्यक्रमको आयोजकको तयारी छ भने यो कार्यक्रम सफल बनाउन नेपाली दुताबास क्वालालम्पुर , विभिन्न जातिय संघसंस्था, पत्रकार , समाजसेवीहरुको उपस्थिति रहने छ जनजाति महासंघ मलेसिया तमाङ समाज मलेसिया मगर संघ मलेसिया थारु सेवा समाज अन्य जातीय संघ संस्था हरुको पनि उपस्थित हुने सचिव शेर्पाले बताउनु भयो ।