तामाङ सुपर स्टार डम्फु मिडिया प्रा.लि. को ब्यानरमा निर्माण हुदै गरेको तामाङ चलचित्र ङिङ्जेको छायाँकनको काम अन्तिम चरणमा पुगेको छ। निर्मात्री रन्जिता तामाङ र दिपेन्द्र लोप्चन मुरलीको निर्माणमा बनेको चलचित्रको बहु चर्चित नायक तथा निर्देशक अमिर दोङले निर्देशन गरेका छन्।

चलचित्रमा मुख्य भुमिकामा अमिर दोङ ,सुस्मा थिङ , कुइसाङ रुम्बा ,पदम दोङ,रन्जिता तामाङ ,नोर्साङ दोङ ,मोनिका मोक्तान ,अनिता नेगी लगायतको कलाकारहरुलाई देख्न पाइने छ भने खलनायकको भुमिकामा दिपेन्द्र लोप्चन र राज गोलेको रहेको छ । चलचित्रमा द्वन्द निर्देशन राजु दोङ तामाङ को रहेको छ। यस चलचित्रमा बाल कलाकारको भुमिकामा सजिना लोप्चन संगै सह नायकमा सोम तामाङ पनि साथमा देखिनेछन् । चलचित्रको संगीत जोगलाल ब्लोन र रोशन लामाको रहेको छ।

तामाङ कथानक चलचित्र डेन्बा मायाको अपार सफलता पछि डेन्बा माया २ निर्माण गरेका डेन्बा माया परिवार चलचित्रको कथाबस्तुले फरक रुप लिएको भन्दै डेन्बा माया २ लाई परिवार्तित नाम ङिङ्जे लामा गुरुले पुजापाठ गरेर नयाँ नाम न्वारान गरेको थियो। ङिङ्जेको डम्फुला ताल रि,ह्याङ्ला माया रि हाल्सेनोन,चना चटपटे,देन्बा माया ,मिरिम गांजल लगायतका गीतहरु बजारमा चर्चित छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय