
सोनाम याङ्जी शेर्पा
चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको अार्थिक वर्ष ०७४/७५ को योजना सार्वजनिक गरिएको छ । समितिले प्रकृृतिक स्रोत संरक्षण, दिगो सामुदायिक बिकाश, अाय अार्जन तथा सीप बिकाश र संरक्षण शिक्षा बिषयमा योजना निर्माण गरि सार्वजनिक गरिएको चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्त समितिका अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाले समाजिक संजाल फेसबुक मार्फत जनाकारी दिएको हो ।
समितिको योजना अन्तर्गत बिहिबार नै टोक टोक देखि ङमातेङ सम्मको बाटो निर्माण कार्यको सिलान्यास सम्पन्न गरिएको हो ।
बाटो निर्माणको लागि चौरीखर्क मध्यवर्ती क्षेत्र बाट बाह्र लाख रूपैया बिनियोजन गरीएको खुम्बु पासाङ ल्हमु गाउँ पलिकाको प्रबक्ता लाक्पा शेर्पाले जनाकारी दिनुभयो । बिहिवार बिहानै बौद्ध परम्परा अनुसार स्थानिय लामाहरूले सेर्किम पुजा गरी गौतमबुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समुहको अध्यक्ष नुरू जाङबु शेर्पाले बाटो सिलान्यास गरेको हो ।
सिलान्यास कार्यक्रममा खुम्बु पासाङल्हामू गाउपालिका प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं ३ का महिला सदस्य दालमु शेर्पा, गौतम बुद्ध मध्यवर्ती क्षेत्रको सचिव फुनुरू शेर्पा र स्थानिय समुदायको उपस्थिति रहेको थियो ।