काठमाडौँ, फाल्गुन १ । फाल्गुन २ गते बुधवारबाट सुरु हुने यस बर्षको लोसार गुथुक साझँ टुडिखेलमा हुने भए पनि उत्घाटन सत्र (लोसार गुथुक साँझ) र साम्दे शेर्पा स्मृति बक्तृत्वकला प्रतियोगिता, साम्दे शेर्पा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार वितरण कार्यक्रम ज्योती पार्टी प्यालेस कुमालीगत, टुसालमा हुने भएको छ ।

३ दिने लोसार थुगुक साझ कार्यक्रम टुडिखेलमा नै आयोजना गर्ने भनिएपनि विशेष कारणबशं ज्योति पार्टी प्यालेसमा गर्नु परेको कार्यक्रम संयोजक डोमा शेर्पाले जानकारी दिएकी छिन । उनका अनुसार २ दिनको कार्यक्रम ज्योती पार्टी प्यालेसमा र अन्तिम शुभकामना आदन प्रदान कार्यक्रम टुडिखेलमा हुने जानकारी दिइन ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा भाषा, कला, संस्कृतिको संरक्षण एव सर्वद्धन गर्न लोसार गुथुक साझ गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय