आदिवासीहरूकाे भाषा, धर्म, संस्कृतिहरू मैालिकतालाई विश्व भारि जुनसुकै अवस्था र स्थलहरूमा पहिचान गर्न गराउन सदैव तत्लिन रहने हेतुले आफ्नाे कर्मथलाे जापान बनाएका विभिन्न समुदायकाे प्रतिनिधीहरूले आदिवासी जनजाति क्षेत्रिय तर्दथ समिति सेन्दाई गठन गरिएकाे छ ।
आईतबार बसेकाे एक भेलाले राेजगारी र अध्ययनकाे शिलाशिलामा सेन्दाईमा बसाेबास रहेकाे नेपाली आदिवासीकाे साझा सस्थाकाे सबै समुदायकाे प्रतिनिधित्व हुने गरी क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेकाे जनाएकाे छ ।
भेलाले टेक बहादुर थामीकाे संयाेजकत्वमा आदिवासी जनजाति क्षेत्रिय तदर्थ समिति सेन्दाई गठन गरिएकाे छ । त्यसै गरी उपाध्यक्षमा नृर्प चन्द्र राई , महासचिवमा आङ गेल्बु शेर्पा , सचिव उज्वल श्रीस, काेषाध्याक्ष निम बहादुर तामाङ र सदस्यहरू गाेपाल माँझी, चन्द्र बहादुर तामाङ र छिरिङ नुरू शेर्पा रहेका छन् ।
हालकाे तदर्थ समितिलाई थप सदस्यता बढाउने गरी अन्य समुदायका प्रतिनिधीहरूलाई समेटने निर्णय गरिएकाे सदस्य छिरिङ नुरू शेर्पाले बताउनु भएकाे छ । उनले भने “मलाई एक बर्ष अगिबाटै केन्द्रीय अध्यक्षबाट निर्देशन दिनु भएकाे थियाे सबै साथीहरूकाे कार्यवस्तताले गर्दा यसपाली गठन गर्ने अवसर मिल्याे, कार्य समितिमा अनुभवी व्यक्तिहरू हुनु हुन्छ, हामी सबै मिलेर अगि बढ्ने प्रतिबद्धता गरेकाे छाै ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय