तमु समाज बहराईनको आयोजनामा तमु ल्होसार सास्कृतिक साझ २९ डिसेम्बर २०१७ मा डेलमोन इनटरनेशनल होटल मनमा हुँदैछ ।
आफ्नो स्थापनाकाल देखी नै सामाजिक कार्य र कला र सँस्कृतिको सम्रक्षन गर्दै आएको गौरबशाली संस्था तमु समाज बहराईनले सदाको बर्ष झै यसपाली पनि तमुहरुको महान पर्ब तमु ल्होसारको अबसरमा खि-ल्होसार साँस्कृतिक साँझ एक बृहत् कार्यक्रमको आयोजना गरि मनाउने जानकारी दिएको छ । यसै अबसरमा नेपालबाट कलाकारको जम्बो टोली बहराईन आउने भएको छ ।
यसपालिको खि ल्हो (कुकुर बर्ग ) को ल्होसारलाई पछिल्लो पुस्ताको सर्बाधिक लोकप्रिय गायिका मिलन आमात्य,यसको साथै नेपाली लोक कलाको सम्रक्षण गर्दै आएको हिमालयन सास्कृतिक परिवारको टोली ( सबीन गुरुङ, मिन प्रसाद गुरुङ, नितु, गुरुङ ) साथै चर्चित नीर्त्यकार भारती घले सहित कलाकारको जम्बो टोलिले भर पुर मनोरन्जन गराउने छ, बिगतको बर्ष भन्दा यो कार्यक्रम अलि फरक किसिमको रहने छ बिशेष त साँस्कृति कार्यक्रममा नेपाल को बिभिन्न भागमा नाचिने नाचहरु र बिबिन्न जात जातिको साँस्कृतिक कलाको प्रतिनिधित्व गर्ने प्रस्तुतीहरु प्रस्तुत रहने छ ।
तमु ख्हि-ल्होसार आउन झन्डै ३ महिना आगबै संस्थाले ल्होसारको प्रचार प्रसारलाई तिब्र बनाएको थियो । तमु समाज बहराइनले विभिन्न संघ संगठन, बैचारिक संघसंगठनहरु ,सामाजिक संघसस्थाहरु , जातिय , क्षेत्रीय संघसंस्थाहरु, कलाकार साथीहरु , ब्यबसाही मित्रहरु, पत्रकार साथीहरु तथा सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सबैलाई उपस्थित भई यसपालिको ल्होसार पनि भब्य र सब्य पारिदिनु हुन र आ-आफ्नो ठाउबाट प्रचार प्रसारमा पनि महत्वपुर्ण भूमिका खेलिदिन हुन साथै उक्त मिति आस पासमा हुने कुनै पनि कार्यक्रम नराखी सहकार्य र एकताको भूमिका निभाइ दिनु हुन तमु समाज बहराईन हार्दिक अनुरोध गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित