काठमाडौं, भाद्र २८ । तराईका थारु, मैथिल र भोजपुरी समुदायका महिलाले सन्तानको दीर्घायुको कामना गर्दै आज जितिया पर्व मनाउँदैछन् । महिलाहरू आफ्ना सन्तानको दीर्घायु, सुखसमृद्घि र मनोकामना पूरा गराउन जितियाको अवसरमा व्रत बस्ने गर्दछन् । आश्विन शुक्ल सप्तमीबाट सुरु भएको पर्वमा अष्टमीका दिन आज ब्रत बसेर ३ दिनसम्म मनाउने गरिन्छ । आज सुर्य उदाउनुअघि देखि नै सुरु भएको ब्रतमा ब्रतालुले पानी पनि नखाई उपवास बस्ने गर्दछन् । भोलि बिहान चोखोनिधो भई जितबहान भगवानको पुजा गरेर कथा सुनेपछि ब्रत सम्पन्न हुन्छ । यसैबीच थारु महिला समाज र थारु महिला सभाले पर्वका अवसरमा आज काठमाण्डौंको कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय