
तामाङ पत्रकार संघमा विष्णु मोक्तानसहित सबै कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । खोटाङका मोक्तान हाल नागरिक दैनिकमा कार्यरत छन् । अध्यक्षमा निर्वाचित भएपछि मोक्तानले तामाङ पत्रकार संघलाई संघीय संरचनामा लाने र तीन वर्षको खाका बनाएर ऐतिहासिक काम गर्ने प्रतिबद्धता जनाए ।
शनिबार तमु बौद्ध सेवा समिति, अनामनगर, काठमाडौंमा सम्पन्न महाधिवेशनबाट संघको सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्यसमिति उपध्यक्षद्धय लक्ष्मी रुम्बा र सुवास योन्जन, महासचिव बुद्ध योन्जन, सचिव पेमा लामा, कोषाध्यक्ष तिर्थमान बल रहेका छन् ।
खुल्ला केन्द्रीय सदस्यमा महिलातर्फ डोल्मा छिरिङ तामाङ, रोजिना तामाङ, बबिता घिसिङ र पुरुष खुल्लातर्फ लालकुमार मोक्तान, नेत्र तामाङ मोक्तान, सुरेन्द्र तामाङ, स्वतन्त्र तामाङ र सरस्वती तामाङ रहेका छन् ।
सञ्चार समूहका निवर्तमान अध्यक्ष जगत दोङलाई पदेन सदस्यको जिम्मेवारी चयन गरेको छ । त्यसैगरी महाधिवेशनले प्रदेश १, २ र ३ मा समेत सदस्य चयन गरेको छ । यसरी सदस्य चयन हुनेहरुमा प्रदेश १ मा पुरुषबाट विक्रम तामाङ, विश्वराज तामाङ र महिलामा मालती मोक्तान रहेका छन् । त्यसैगरी प्रदेश २ मा बमबहादुर बमजन रहेका छन् । प्रदेश ३ मा पुरुष तर्फ उर्गेन लामा, सुभराज बम्जन, शिशिर दोङ र महिलातर्फ अन्जु दिम्दुङ, दुदुमाया सिङतान रहेका छन् ।
निर्वाचितलाई निर्वाचन समितिमा अध्यक्ष मण्डलका अध्यक्ष रवीन्द्र तामाङले पद तथा गोपनियताको सपथ दिलाएका थिए । निर्वाचन समितिमा अध्यक्ष मण्डलका अध्यक्ष रवीन्द्र तामाङ, ध्यानबहादुर मोक्तान, रमिता लामा, प्रतीक ङेसुर र अमरध्वज लामा थिए ।
महाधिवेशन कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए ।
यसै महाधिवेशनबाट तामाङ संचार समुहको नाम परिवर्तन गरी तामाङ पत्रकार संघ राखिएको छ । अाैपाचारिक कार्यक्रमबाट सुरू भर्इ बन्दसत्र हुदै सर्वसम्मत सबै पदाधिकारी चयन भएका थिए ।
-Sailungonline