पुस/जेपी थुलुङ, सोताङ – सोलुखुम्बुको दुधकोशी नदिमा ह्युम पाईप राखेपछि दुधकोशी पारीका बासिन्दासम्म सडक पहुँच पुगेको छ । दुधकौशिका गाउँपालिका ८ र सोताङ गाउँपालिका १ स्थित दुधकोशी नदिमा ह्युम पाईप राखे पछि राजधानी काठमाण्डौ लगायत् विभिन्न स्थानदेखि सोताङसम्म सडक यातायात जोडिएको हो ।
सोलुखुम्बुको सोताङ गाउँपालिकाको ५ लाख, स्थानीय प्रकाश कार्कीको करिब ७ लाख र अन्य स्थानियको आर्थिक सहयोग र पहलमा दुधकोशीमा ह्युम पाइप राखी सडक यातायात सुचारु गरिएको सोताङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बिष्णु थापाले जानकारी दिए ।
सोलुखुम्बुको कर्णाली भनेर चिनिने कोशीपारी अहिले राजधानीदेखी सिधै सोताङ हुदै महाकुलुङसम्म सवारी मार्फत् यात्रा गर्न पाउनु खुशीको कुरा भएको सोताङकी यात्रु निशा राईले बताइन् ।
यसअघि उक्त दुधकोशी नदिमा झोलुङगे पुल मार्फत् यात्रुहरु पैदल यात्रा गर्न र समान ओसारपसार गर्न बाध्य थिए ।
-solukhumbusamachar