काठमाडौं, असोज ७ । नेपालमा उत्पादित छुर्पी मासिक रुपमा निर्यात भईरहेको छ । इलाम र पाँचथरको सीमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निकासी हुने गरेको छ ।
स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिका निकासी गर्दै आएका छन् । छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्ने लगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका चिलिङ्देन, पञ्चमी, फाक्तेप लगायतका अधिकांश गाउँबाट छुर्पी संकलन गरेर अमेरिका निर्यात हुँदै आएको जनाउनुभयो ।
स्थानीयस्तरमा प्रतिकिलो ७ सय ५० देखि ९ सय रुपैयाँसम्ममा छुर्पी खरिद गर्ने गरेको भन्दै वाङ्देलले राँके बजार र झापाको बिर्तामोडस्थित संकलनस्थलमा जम्मा भएका छुर्पी काठमाडौं पठाउने गरेको र त्यहाँबाट अर्को व्यापारीमार्फत अमेरिका पठाउने गरेको जानकारी दिनुभयो । संकलन भएको छुर्पी ग्रेडिङ र प्याकेजिङ गरेपछि प्रतिकिलो एक हजार ३ सय देखि एक हजार ५ सय रुपैयाँसम्ममा अमेरिका निकासा हुने गरेको छ । राँके बजारमा संकलन हुने गरेका छन् ।
श्रोत इकान्तिपुर

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय