काठमाडौं, असोज ३१ । नेपाल शेर्पा विद्यार्थी संघको ११ औं महाधिवेशन कार्तिक २५ गते बौद्ध कुमारीगालस्थित ज्योति पाटी प्यालेस काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा विभिन्न जिल्ला र क्याम्पस इकाईका प्रतिनिधी, परीवेक्षकहरु सहभागि हुने भएका छन ।
‘शिक्षा क्षेत्रमा व्यापकता, वैज्ञानिक, व्यावहारिक र संघीय शिक्षा प्रणाली आजको आवश्यकता’ भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको तयारी भइरहेको कार्यावहाक अध्यक्ष साङ्गे मिङमा लामा शेर्पाले जानकारी दिनुभयो ।
शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघ यसअघि नेपाल शेर्पा विद्यार्थी मञ्चको नामबाट क्रियाशिल थिए । संघले बार्षिक रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
महाधिवेशन पूर्व संघले साधारण सदस्य लिन चाहनेहरुका लागि कातिक ४ देखि १७ गतेसम्म सम्पर्क गर्न सकिने जनाएको छ ।