
सोनम याङजी शेर्पा- नेपाल शेर्पा विध्यार्थी संघका पदाधिकारी बीच छलफल सोमबार पि.के हिमाली सञ्चार प्रा. लिको कार्यलय चुच्चे पार्टीमा सम्पन्न भएको छ । शेर्पा विद्यार्थीहरूको शिक्षा क्षेत्रमा व्यापकता, बैज्ञानिक र संघीय शिक्षा प्रणाली अमजाको अावश्यक्त भन्ने नाराका साथ समुदायमा गठन भएको संस्थाले संघका पदाधिकारीलाई संस्थागत विकास संगठन विस्तार सुदृढीकरण विषयमा रहेर छलफल गरिएको हो । नेपल शेर्पा संघका अध्यक्ष एडी लामा शेर्पाको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा शेर्पा प्रदेश समितिका अध्यक्ष ल्हाक्पा शेर्पा, विद्यार्थी संघका पूर्व अध्यक्ष किसोर शेर्पा, र शेर्पा पत्रकार संगका अध्यक्ष ल्हाक्पा जि, संघका अध्यक्ष सङ्गे मिङमार शेर्पाको उपस्थितिमा भएको छलफल कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थित रहेको थियो ।
छलफल कार्यक्रममा सामाजिक संस्था प्रभावकारी सञ्चालन र व्यवस्थाहरू विषयमा पत्रकार ल्हाक्पा जी शेर्पाले प्रस्तुति राख्नुभएको थियो । त्यसैगरी शेर्पा प्रदेश समितिका अध्यक्ष ल्हाक्पा शेर्पाले अाफ्ना अनुभवहरू राखेको थियो । छलफल तथा प्रशिक्षण कार्यक्रम समापन सत्रमा अाफ्नो मन्तवय राख्दै पुर्व अध्यक्ष किसोर शेर्पाले सामाजिक संस्थामा निस्वार्थ भएर लाग्नु पर्ने बताउनु भयो । संस्थालाई प्याल्टफमको रुपमा लिएर अगि बढ्ने हो भने संस्था र व्याक्ति दुबैलाई फाईदा हुने हुनाले यसरी अगाडि बढ्ने हो बने समुदायको बिकाशमा समेत सहयोग पुग्ने बताउनु भयो । त्यसैगरी प्रमुख अतिथि एडी शेर्पाले सामाजिक संस्थामा लाग्नु सकारात्मक भएको भन्दै सामाजिक कार्य सँगै अाफ्नो करियरलाई पनि ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।
समुदायमा यस्तो प्रशिक्षण तथा छलफल बृहत हुनु पर्ने र सुरुवात विद्यार्थी संघले गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । विद्यार्थीले अाफ्नो पढाई सँगै सामाजिक संस्था र राजनितीमा समेत समय मिलाएर अघि बढ्न सके भविष्य उज्ज्वल रहेको भन्दै समुदायले राजनिती समेत बुझ्नु पर्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष सङ्गे मिङमार शेर्पाले शेर्पा विद्यार्थीले पनि राज्यको सेवा सुविधा पाउनु पर्ने र यसका लागि समुदायका अविभावकको रुपमा स्थापित संघ संस्थाको साथ सहयोग पएमा संघले यसका लागि पहल गर्ने बताउनुभयो । समुदायमा पदाधिकारी बीच भएको यो पहिलो प्रशिक्षण तथा छलफल कार्यक्रम हो ।