फागुन–०७, सोलुखुम्बु, सोलुखुम्बु पासाङ ल्हामु गाँउपालिका ४ स्थित पाङ्वोचे गुम्बाका प्रमुख श्रेद्धेय लामा गेशे उर्गेन दोर्जे रिन्पोछे परिनिर्वाण हुनुभएको छ ।
सोलुखुम्बुको सबैभन्दा पुरानो करिव छ सय वर्ष अघिको सो गुम्बाका प्रमुख लामा गेशे उर्गेन दोर्जे रिन्पोछे फागुन १ गते मंगलबारको दिन समाधिमा लिन हुनुभएको थियो भने त्यसको तीन दिन पछि फागुन ४ गते ८७ वर्षको उमेरमा उहाँ परिनिर्वाण हुनुभएको हो ।
नेपालको सोलुखुम्बुमा रहेको विश्वकै सर्वेच्च शिखर सगरमाथा आरोहणमा लागी जति पनि मानिसहरु आरोहणकालागी जाने गर्थे ती सबै मानिसहरुले गेशे ज्यूको दर्शन गरेर नै जाने गर्दथे । उहाँको दर्शन गरेर आरोहण गर्दा सफल हुने कुरामा आरोहिको विश्वास रहेको थियो ।
हाल उहाँको पार्थिव शरिरलाई भक्तजनहरुलाई दर्शनको लागी आफ्नै निवासमा राखिएको छ । फागुन ६ गते देखि १० गते सम्म भक्तजनहरु लागी दर्शन खुल्ला गरिने भएको हो । त्यसैगरि बौद्धधर्म परम्परा अनुसार फागुन १० गते विहिवार अन्त्यष्टि गरेने सोनाम जाङ्बु शेर्पाले जानकारि जानकारि दिनुभएको छ ।
तस्बीर पासङ छिरीङ शेर्पाको फेसबुक बाट
-महागुरु खवर
ताजा समाचार
लोकप्रिय
© 2024 Afnai News सर्वाधिकार सुरक्षित