
काठमाडौ, कात्तिक २० । सोलुखुम्बु जिल्ला चौरी खर्कमा जन्मिएकी छिरीङ निमा शेर्पा अहिले फेसन डिजाइनिङ क्षेत्रमा रम्दै आइरहेकी छिन । विभिन्न कार्यक्रमहरुमा मोडलहरुले पहिरिने पहिरन डिजाइन गर्नमा उनी व्यास्त हुने गर्छिन । उनी कहिले Runway parade fashion show 2017 हुन्छिन भने कहिले Next Super Model 2016 व्यास्त हुने गर्छिन ।समय अनुसार चल्न र हिड्न सके सफलता हासिल गर्न सकिने उनी बताउछिन ।
उनी यस क्षेत्रमा नै भविष्य उज्वाल रहेको तर्क दिन्छिन । समय, परिवेश अनुसार लक्ष्यमा अडिक रहे अगाडी बढे सफलता हासिल गर्न सजिलो हुने उनी बताउछिन । शेर्पा समुदायबाट कमै मात्रमा यस पेशामा रहेकोले गर्दा यस क्षेत्रमा लाग्न समुदायका युवाहरुलाई प्रोत्साहन दिने गरेकी छिन ।
उनी अहिले नमुना कलेजमा स्नातक तेस्रो बर्षमा अध्ययनरत छिन भने अमेरिका युथ काउन्सिल २०१७ को सदस्य, शेर्पा फर चेन्जको कार्यक्रम संयोजकमा छिन ।
उनले at Runway parade fashion show 2017,Model hunt 2017, NSM-2 Fashion Show 2017, Voyage of creation-2 2016,Nepal’s Next Super Model 2016, official designer & Style and living trainer for Miss Loyalty 2016 of Loyalty Academy, designing for Miss little Idol 2016 मा भाग लिइ सकेकी छिन ।
भविष्यमा सफल फेसन डिजाइन भन्ने लक्ष्य लिएर अहिले विभिन्न इभेन्टहरुको डिजाइन गदै आइ रहेकी छिन