काठमाडौ, कात्तिक २९ । सोलुखुम्बु दुधकौशीका गाउँपालिका वडा न. ९ निवासी मृगौला पिडित याङ्जी शेर्पालाई पोर्टुगलबाट सोना शेर्पा, नुरु शेर्पाले संकलन गरि पठाएको रु ४६ हजार, ४ सय, पचास आज हस्तान्तरण गरिएको छ ।
सोना शेर्पाले पोर्टूगलबाट संकलन गरेको सो रकम संचारकर्मी डोमा शेर्पाले पिडित याङ्जी शेर्पालाई आज निजको निवासमा नै गएर रकम हस्तान्तरण गरिएको छ ।
मृगौला पिडित याङजी शेर्पाको भारतको ओपोलो हस्पतालबाट मृगौला (ट्रान्सफर) गरि हाल नेपालमा उपचाररत छिन । उपचार र औषधी लिइ रहेकी शेर्पालाइ अहिले सुगरले पनि सताएको छ ।
पिडितको श्रीमान पेम्बा शेर्पाले सहयोगी सबैलाई धन्यावाद दिएका छन उनले सेवा नै धर्म हो भनी खुसी व्यक्त गरेका थिए ।