Advertisement


इनरुवा । सुनसरी सदरमुकाम इनरुवाबाट मोटरसाइकल चोरी गर्ने नक्कली पत्रकार पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरी पश्चात खोजतलाशको क्रममा प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकाका हेमन्तराज मेहता र बिराटनगरका रोहित यादवलाई पक्राउ गरेको हो । केहिदिन अघि इनरुवा अस्पताल नजिकबाट हराएको रामबाबु सुवेदीको २१ प १९४७ नम्वरको पल्सर मोटरसाइकल प्रहरीले इनरुवा स्थित सुनसरी मोरङ सिचाई आयोजना नजिक लुकाएर राखेको अवस्थामा फेला पारेको थियो ।

चोरीको आरोपमा पक्राउ परेका रोहित यादबले आफु संचारकर्मी भएको भन्दै स्थानीय एक दैनिक पत्रिकाको परिचय पत्र देखाएपछि प्रहरी आश्चर्यमा परेको थियो । पक्राउ परेकाहरु उपर म्याद थप गरी कार्वाही अघि बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको साथबाट पत्रकार परिचय पत्र फेला परेको स्विकारेपनि उक्त परिचयपत्र नक्कली भएको सुनसरी प्रहरीले जनाएको छ ।
-purbeli news

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय